प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

घुम्ती बैठकको निचोड

प्रकाशित मिती:  मिति २०७४/११/११ गते

क्षेत्रीय शिक्षा निर्देशनालयले  आव २०७४/७५ देखि जिल्लामा आइपरेका समस्याहरुको सामूहिक समाधान र कार्य सञ्चालनमा  एकरुपता कायम गर्नका लागि पूर्वाञ्चलका जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा वोर्डका प्रमुख र शैक्षिक तालिम केन्द्रका प्रमुखहरुको सहभागितामा क्षेत्रीय शिक्षा निर्देशनालयले घुम्ती बैठक आयोजना गर्ने गरेको छ ।    यस प्रकारको घुम्ती बैठकमा क्षेत्रीय शिक्षा निर्लेशनालयबाट गरिएको जिल्ला शिक्षा कार्यालय, विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुको कार्यसम्पादन मूल्याङ्कन र कार्यान्वयनको अवस्था तथा प्रभावकारीता सम्बन्धी  सघन अनुगमनको प्रवोधिकरण गर्ने र जिल्ला तथा कार्यालयीय काममा आइपरेका समस्याहरुको सामुहिक समाधान पहिल्याइ कार्य सम्पादनमा एकरुपता ल्याउने गरिएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयबाट मिति २०७४/०६/२८ र २९ मा मोरङमा पहिलो बैठक, मिति २०७४/०७/२९ र ३० मा इलाममा दोस्रो बैठक र मिति २०७४/०९/२८ र २९ मा सुनसरीमा तेस्रो बैठक सम्पन्न गरेको छ । यी तीन बैठकबाट निकालिएको निष्कर्ष यस अनुसार रहेको छ ।