क्षेत्रीय शिक्षा निर्देशक

श्री पुष्पराज बराल
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं १ विराटनगरको शिक्षा विभागको रुपमा स्थापित संस्था शिक्षा विकास निर्देशनालय धनकुटा रहेको छ । उक्त मन्त्रालयवाट जारी भएका नीति नियम र निर्देशन बमोजिम यस निर्देशनालयले प्रदेश नं १ अन्तर्गतका १४ जिल्लामा रहेका शिक्षण संस्थाहरुसँगको शैक्षिक उन्नयनका लागि मन्त्रालयको शैक्षिक खम्बाको रुपमा यस निर्देशनालयले कार्य गर्दछ । सामुदायिक विद्यालयहरु, धार्मिक प्रकृतिका विद्यालयहरु, विभिन्न विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आंगिक क्याम्पसहरुसँगको शैक्षिक साझेदारी सहितको व्यवस्थापनका साथै गुणस्तर सुधारका लागि थोरै भए पनि शैक्षिक इटा थप गर्ने लक्ष्य शिक्षा विकास निर्देशनालयको रहेको छ । सोही लक्ष्य अनुरुप विभिन्न शैक्षिक उद्देश्यहरुलाई पुरा गर्ने यस निर्दशनालयको सोच भित्र स्थानीय तहसँगको साझेदारी र समन्वयका साथै संघीय सरकारवाट प्राप्त निती तथा कार्यक्रमहरुको कार्यान्वयन समेत यस निर्देशनालयले गर्दै आइरहेको छ । शैक्षिक उन्नयनका लागि छोटा प्रकृतिका तालिम तथा गोष्ठी/अन्तरक्रिया समेत गर्दै प्रदेश नं १ को शिक्षाको विकासमा निरन्तर रुपले यो निर्देशनालय अगाडी बढीरहने कुरामा सरोकारवालाहरुलाई विश्वस्त गराउन चाहन्छ । यहाँहरुको अमूल्य पृष्ठपोषण निर्देशनालयको मूख्य मार्गदर्शक रहने भएकोले सोको प्राप्तिका लागि सधै आशावादी रहिरहन्छ । धन्यवाद ।
परिपत्र तथा सूचना
- कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सम्बन्धी सूचना ।
- स्वच्छ पिउने पानीको प्रवन्ध कार्यक्रम प्राप्त विद्यालयहरुका लागि सम्झौता गर्न आउने बारेको सूचना ।
- कार्यक्रम प्राप्त सामुदायिक पुस्तकालयहरुका लागि सम्झौता गर्न आउने वारेको सूचना
- छनौट भएका बौद्दिक अपाङ्गता स्रोतकक्षा विद्यालयहरुलाई सम्झौता गर्न आउने वारेको सूचना ।
- कार्यक्रम प्राप्त धार्मिक विद्यालयहरुका लागि सम्झौता गर्न आउने वारेको सूचना थप हेर्नुहोस