प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

श्रव्य दृश्य तथा श्रव्य पाठ प्रसारण सम्वन्धमा ।

प्रकाशित मिती:  २०७८-३-२

नेपाल सरकारले २०७८ असार १ गतेदेखी नयाँ शैक्षिक सत्र सञ्चालनको लागि निर्देशन गरिसकेको सन्दर्भमा कोभिड १९ को कारण प्रत्यक्ष रुपवाट कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेकोले शिक्षा तथा मानव स्रोत विकास केन्द्रवाट सिकाइ सहजीकरणका लागि श्रव्य दृष्य तथा श्रव्य सामग्रीहरु उत्पादन गरी NTV+, Dishhome, NET TV, Max TV, Mero TV  र Clear TV  मार्फत पहिलो चरणमा २०७८ असार १ देखी १५ गते सम्मका लागि सिकाइ सहजीकरण कक्षा प्रसारण भइरहेका छन । यसैगरी Youtubechannel:www.youtube.com/ncedvirtual, फेसवुक पेजः www.facebook.com/radiodistance, Education Portal: learning.cehrd.edu.np र Mobile App: eClass Nepal बाट रेकर्डेड सामग्री आफ्नो अनुकुलतमा हेर्न र प्रयोग गर्न सकिनेछ । प्रदेश नं १ भित्रका विभिन्न विद्यालयहरुसँग सम्वन्धित शिक्षक तथा अभिभावकज्यूहरुलाई आ आफ्ना बालबालिकाहरुलाई अध्ययनका लागि आवश्यक सहजीकरण गरीदिनुहुन र विद्यार्थी भाइ वहिनीहरुलाई आफ्नो अनुकुल समय र अनुकुल सञ्चार माध्यमको प्रयोग गरी उक्त सामग्रीवाट लाभ लिनहुन अनुरोध गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ प्रसारण तालिका यस निर्देशनालयको वेभसाइटमा समेत राखिएको व्यहोरा अनुरोध छ ।