प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

शिक्षक सेवा अायोगको परीक्षाा सम्बन्धी सूचना

प्रकाशित मिती:  2072/02/26

शिक्षक सेवा आयोगले मिति २०७२/०३/११ गते हुने माध्यमिक तहको, मिति २०७२/०३/१२ गते हुने निम्नमाध्यमिक तहको शिक्षक पदको र मिति २०७२/०३/१३ गते हुने स्थायी अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको समय तालिका परिवर्तन गरेको छ । नयाँ समय तालिका अनुसार माध्यमिक तहको शिक्षक पदको मिति २०७२/०३/२५ गते बिहान ८.०० बजे, निम्नमाध्यमिक तहको शिक्षक पदको मिति २०७२/०३/२६ गते बिहान ११.०० बजे र स्थायी अध्यापन अनुमतिपत्रको मिति २०७२/०३/२८ गते बिहान ८.०० बजे देखि हुने गरी परिवर्तन गरेको छ ।

शिक्षक सेवा आयोगले शिक्षक पदको लागि गरेको विज्ञापनको परीक्षा केन्द्रहरु मोरङ, उदयपुर र इलाम कायम गरेको सूचना प्राप्त भएको छ । प्राप्त सूचना अनुसार इलाममा फारम भर्नेहरुका लागि परीक्षा केन्द्र इलाम, उदयपुरमा फारम भर्नेहरुका लागि परीक्षा केन्द्र उदयपुर र मोरङ तथा धनकुटामा फारम भर्नेहरुका लागि परीक्षा केन्द्र मोरङ कायम गरेको सूचना प्राप्त भएकोले सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।